काठमाडौंः सरकारले साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस गरेको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ३ गते बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ३ गते दिउँसो ४ बजेलाई बैठक बोलाउन सिफारिस गरिएको हो।
गत जेठ ७ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सिफारिसको आधारमा विद्यादेवी भण्डारीले संसद् विघटन सिफारिस स्वकृत गरेकी थिइन्। तर सर्वोच्च अदालतले परमादेश जारी गर्दै पुनर्स्थापना गर्न आदेश दिएको थियो।
त्यस्तै बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूको कार्यविधि एक वर्ष थप गरिएको छ।
