PahiloPost

Jun 15, 2026 | १ असार २०८३

काठमाडौं उपत्यकाभित्र १० दिन थपियो निषेधाज्ञा, पसलहरु साँझ ७ बजेसम्म खोल्न पाइने



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र १० दिन थपियो निषेधाज्ञा, पसलहरु साँझ ७ बजेसम्म खोल्न पाइने

काठमाडौः काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ। साउन १० गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

लामो दुरीका सार्वजनिक सवारी सम्बन्धी कुनै पनि निर्णय गरेको छैन। लामो दुरीका सार्वजनिक सवारी साधनलाई मन्त्रिपरिषद्को बैठकले नै खोल्ने भएकाले कुनै पनि निर्णय नभएको सिडिओ पराजुलीले बताए।

'अत्यावश्यक सवारी साधनलाई मात्र काठमाडौं उपत्यकाभित्र छिर्न दिन्छौं। लामो दुरीका सार्वजनिक सवारीको हकमा मन्त्रिपरिषद्को निर्णय नै कुरेका छौं,' सिडिओ पराजुलीले भने।

त्यस्तै अहिले संचालन हुँदै आएको पसलहरुको समय भने थप गरिएको छ। साँझ ७ बजेसम्म पसलहरु खोल्न दिने निर्णय भएको छ।

देशभर कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी रहेको छ। उपत्यकामा दैनिक ३ सयदेखि ५ सयको हाराहारीमा कोरोना संक्रमित थपिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell