PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओलम्पिकमा कोरोना फैलिनबाट रोक्न ल्याइयो 'प्ले बुक', नियम उल्लंघन गर्नेलाई हुनेछ कारवाही



पहिलोपोस्ट

ओलम्पिकमा कोरोना फैलिनबाट रोक्न ल्याइयो 'प्ले बुक', नियम उल्लंघन गर्नेलाई हुनेछ कारवाही

टोकियो ओलम्पिक संचालन भइरहँदा कोभिड १९ संक्रमणको जोखिम कम गर्न आयोजकले ओलम्पिकमा आउने सबै खेलाडी र पदाधिकारीमका लागि 'प्ले बुक' बनाएको छ। जुलाई २३ बाट सुरु हुने ओलम्पिकका लागि खेलाडी र अफिसियलका साथसाथै जापानी जनताको समेत स्वास्थ्यलाई मध्यनजर गर्दै मापदण्डहरुको 'प्ले बुक' जारी गरिएको हो। 

इन्टरनेशन ओलम्पिक कमिटी, इन्टरनेशनल पाराओलम्पिक कमिटी, टोकियो ओलम्पिक आयोजक कमिटी, टोकियो महानगर र जापान सरकारले स्वास्थ्य र खेलक्षेत्रका विज्ञसँगको परामर्शमा यो 'प्ले बुक' बनाइएको हो। यो 'प्ले बुक'को नियम अनिवार्य रुपमा पालना गर्नुपर्नेछ।

ओलम्पिकमा ११ हजार हाराहारी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने कुल ४१ हजार जना जापान पुग्ने अनुमान गरिएको छ। ओलम्पिकको आयोजक कमिटीले सबैलाई तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेको छ।

के छ 'प्लेबुक'मा तोकिएको मापदण्ड?

प्रतियोगितामा सहभागिता जनाउन जानु अघि कोभिड १९ परीक्षण गरेर त्यसको रिपोर्ट पेश गर्नुपर्नेछ। जापानको एयरपोर्टमा पुग्नसाथ पुन: कोरोना परीक्षण हुनेछ। त्यसबाहेक खेलमा आफ्नो भुमिका अनुसार निरन्तर स्कृनिङ टेस्ट हुनेछ।

खाँदा, पिउँदा, ट्रेनिङ गर्दा, प्रतिस्पर्धा गर्दा या सुत्दाको समयबाहेक सबै समयमा फेस मास्क लगाएर आफु र अरुलाई सुरक्षित राखनुपर्नेछ।

प्रतियोगिताभर हात मिलाउने, अँगालो मार्ने लगायत फिजिकल कन्ट्याक गर्न नमिल्ने जनाइएको छ। साथै खेलाडीहरुलाई थपडी बजाएर समर्थन गर्न समेत आग्रह गरिएको छ। गीत गाएर र कराएर समर्थन नजनाउन भनिएको छ।

प्रतियोगितामा आउनेहरुलाई सार्वजनिक सवारीसाधन प्रयोग गर्न निषेध गरिएको छ। यदि खेलका लागि तोकिएका सवारी साधन प्रयोग गर्न नसके चार्टर्ड ट्याक्सी सर्भिस (सीटीसी) को प्रयोग गर्न भनिएको छ।

योजना भित्रका क्रियाकलापहरु मात्रै गर्न खेलाडी र पदाधिकारीहरुलाई भनिएको छ। आफू बसेको स्थान अफिसियल गेम भेन्यु या एक्टिभिटी प्लान अनुसार तोकिएको क्षेत्रमा जान मात्र पाइनेछ। बिना काम हिँड्डुल गर्न पाइनेछैन।

शहर घुम्न, पर्यटन क्षेत्र जान, पसल, रेस्टुराँ र बार, जिम लगायतका क्षेत्र जान समेत निषेध गरिएको छ।

यो नियमहरु यात्रासँगै सुरु हुनेछ भने जापान रहँदा र स्वदेश फर्किदासम्म लागु हुनेछ।

यसबाहेक निरन्तर कोभिड १९ परीक्षणदेखि संक्रमित भएकाहरुलाई कसरी आइसोलेट गर्ने र संक्रमण फैलन नदिने भन्नेबारे पनि 'प्लेबुक'मा उल्लेख छ। 'प्ले बुक'मा यो नियम उल्लंघन गर्नेलाई खेलबाट बञ्चित गर्नेदेखि जरिवाना लगाइनेछ।

१५ जुलाइमा जापानको ओलम्पिक मन्त्री मारुकावा टामायोले एक बैठकमा प्लेबुकमा उल्लेखित नियम उल्लंङ्घन हुनेमा सचेत रहेको बताइन्। उनले ओलम्पिक आयोजक कमिटीलाई नियम उल्लङ्घन गर्नेहरुको तुरुन्त पहिचान गरेर कारवाही अघि बढाउन निर्देशनसमेत दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell