PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नवनियुक्त महान्यायाधिवक्ता खातीले भने, ‘हिजो अर्कै साइडमा थियौं, आज एउटै परिवारभित्र छौं’



पहिलोपोस्ट

नवनियुक्त महान्यायाधिवक्ता खातीले भने, ‘हिजो अर्कै साइडमा थियौं, आज एउटै परिवारभित्र छौं’

काठमाडौं : नवनियुक्त महान्यायाधिवक्ता खम्म बहादुर खातीले पदभार ग्रहण गरेका छन्। खातीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बिहीबार महान्यायधिवक्ता नियुक्त गरेको थियो।

रामशाहपथस्थित महान्यायाधिवक्ता कार्यालयमा पदभार ग्रहण गर्दै खातीले संविधान र कानुन बमोजिम काम गर्ने गर्ने प्रतिबद्धता जनाए। उनले आफ्नो कार्यकालमा काम गर्दा सरकारी वकिलहरुसँग पूर्ण सहयोगको आशा व्यक्त गरे।

‘संस्थाको उन्नतिका लागि नेतृत्व दिन्छु। क्षमता विकासको काम मेरो तर्फबाट हुन्छ,’ खातीले भने, ‘अब हामी टिमवर्कमा काम गर्छौं। हिजो अस्ती अर्कै साइडमा थियौं। आज एउटै परिवारभित्र छौं।’

दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दा खातीले देउवाका प्रुमख कानुन व्यवसायी थिए। सरकारी वकिलहरुले भने देउवाको विपक्षमा बहस गरेका थिए। 

खातीले आजदेखि लागू भएको तेस्रो पञ्च वर्षीय रणनीतिक योजनाको कार्यान्वयनमा केन्द्रीत हुने पनि जानकारी गराए।

खातीले आज दिउँसो प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट सर्वोच्च अदालत परिसरमा सपथ लिएका थिए। यसअघि राष्ट्रपतिको उपस्थितिमा शीतल निवासमा प्रधानन्यायाधीशले शपथ गराउने प्रचलन भए पनि यसपालि राष्ट्रपति कार्यालयले सर्वोच्चमै गराउन पत्राचार गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell