PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने



पहिलोपोस्ट

चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने
फोटो: चिनियाँ दूतावास।

काठमाडौं : उत्तरी छिमेकी चीनले नेपाललाई थप १६ लाख डोज कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ।

चीनले नेपाललाई थप खोप अनुदानमा दिने निर्णय गरेको चिनियाँ राजदूत होउ यान्छीले जानकारी गराएकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार आज राजदूत होउले प्रधानमन्त्री शेरवहादुर देउवासँग शिष्टाचार भेट गर्दै चीन सरकारले सहयोग गर्ने निर्णय गरेको जानकारी गराएकी हुन्। भेटमा प्रधानमन्त्री देउवाले चीन सरकारले भ्याक्सिन सहयोग गरेको प्रति धन्यवाद दिँदै कोभिड-१९ विरुद्धको लडाईमा चिनियाँ सहयोग प्रति धन्यवाद दिए।

यसअघि चीनले नेपाललाई १८ लाख डोज सहयोग गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell