PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेस क्रियाशील विवाद : मोहन बस्नेतको समूहद्वारा छानबिन समितीका सदस्य श्याम घिमिरेमाथि हातपात



पहिलोपोस्ट

कांग्रेस क्रियाशील विवाद : मोहन बस्नेतको समूहद्वारा छानबिन समितीका सदस्य श्याम घिमिरेमाथि हातपात
क्रियाशील सदस्यता छानविन समितिका सदस्य घिमिरे। उनीमाथि मोहन बस्नेत समूहले कुटपिट गरेको हो। फोटो : घिमिरेको फेसवुकबाट

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको क्रियाशील सदस्यता विवाद 'कुटपिट'मा पुगेको छ। केन्द्रीय सदस्य मोहन बस्नेत समूहका नेताहरुले क्रियाशिल सदस्य छानविन समितितका सदस्यमाथि हातपात गरेको छन्।

पशुपतिको धर्मशालामा नेपाली कांग्रेसको क्रियाशिल सदस्यबारे चलिरहेको छानविनमा मोहन बस्नेत निकट नेता हरिशरण श्रेष्ठको टोलीले केन्द्रीय सदस्य तथा छानविन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गरेको हो।

बस्नेत निकट नेता श्रेष्ठ १३ औं महाधिवेकानका बेला सिन्धपाल्चोक जिल्लाको सभापतिको उम्मेद्वारमा पराजित नेता हुन्। यस्तै, मोहन बस्नेत नेपाली कांग्रेसको संस्थापन पक्ष सभापति शेर बहादुर देउवा निकट नेता हुन्।

श्रेष्ठको नेतृत्वको २५/३० जनाको टोलीले आफूमाथि कुटपिट गरेको घिमिरेले बताए। उनलाई कुटपिट गर्न सिन्धुपाल्चोक जिल्लाको क्षेत्र १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतसमेत रहेको उनले बताए।

'पिट्ने बालकृष्ण बस्नेत हुन्। २५- ३० जनाको समूह थिए। छाती र पिठ्युमा पिटे,' घिमिरेले भने। सिन्धुपाल्चोकको क्रियाशिल सदस्यता वितरणमा लफडा भएपछि छानविनका लागि केन्द्रीय तहमा पठाउने निर्णय भएको थियो।

'सिन्धुपाल्चोकको क्रियाशिल सदस्यता मापदण्डअनुसार नभएकाले समितिको बैठकले नै केन्द्रीय तहमा पठाउने निर्णय गरेको थियो। यसबारे निहुँ खोज्दै म माथि हातपात गरे। पार्टीलाई जानकारी दिइसकेको छु,' घिमिरेले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ता समायोजन बारे सिन्धुपाल्चोक जिल्लामा लफडा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell