PahiloPost

Jun 15, 2026 | १ असार २०८३

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले सहभागिता नजनाउने



पहिलोपोस्ट

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले सहभागिता नजनाउने
फाइल फोटो

काठमाडौं: नेपाली महिला भलिबल टोलीले फिलिपिन्समा हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ। प्रतियोगिताका लागि नेपाली टोली पछिल्लो समय अभ्यासमा जुटे पनि कोभिड महामारीका कारण फिलिपिन्सको सरकारले नेपाल र भारतको टिमलाई निषेध गर्दा नेपाली टोली सहभागी हुन नपाएको नेपाल भलिबल संघले जनाएको छ।

प्रतियोगिता भदौ दोस्रो सातााबाट सुरु हुँदैछ। प्रतियोगिताका लागि नेपाली टोलीले असार १ गतेबाट प्रशिक्षण सुरु गरेको थियो। प्रतियोगितामा सहभागिता नजनाउने भएसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसमेत स्थगित भएको नेपाल भलिबल संघले एक विज्ञप्तिमार्फत जनाएको छ।

यसअघि चीनमा हुने भनिएको प्रतियोगिता फिलिपिन्समा सारिएको थियो। १३ औं दक्षिण एसियाली खेलकुदपछि नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन। सागमा रजत पदक जित्दै सनसनी मच्चाएको नेपाली भलिबल टोलीले त्यसअघि बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण पदक जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell