PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

खैरो हेरोइनसहित दुई पक्राउ



रासस

खैरो हेरोइनसहित दुई पक्राउ

देउखुरीः दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

एसपी काफ्लेका अनुसार प्रहरीले उनीहरुलाई अमिलियाबाट पक्राउ गरेको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell