PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

बालकोट पुगेर जसपा अध्यक्ष ठाकुरले ओलीलाई भेटे



पहिलोपोस्ट

बालकोट पुगेर जसपा अध्यक्ष ठाकुरले ओलीलाई भेटे

काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिवार जनता समाजवादी पार्टी( जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटेका छन्। ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीलाई जसपाको ठाकुर समुहले भेटेका हुन्।

अध्यक्ष ठाकुरसँगै नेता राजेन्द्र महत्तो, शरदसिंह भण्डारी, अनिल झाको समूह बालकोट पुगेको हो।

'उहाँ प्रधानमन्त्रीबाट हटेपछि भेट भएको थिएन। त्यसैले के छ कस्तो छ भन्ने विषयमा बुझ्न गएका थियौँ,' नेता झाले भने।

सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओलीको प्रधानमन्त्री पद गुमेको थियो। ओलीले सरकार नेतृत्व गर्दा केही दिन जसपा पनि सरकारमा सहभागी भएको थियो। जसपा भित्र उपेन्द्र यादव समुहले भने प्रधानमन्त्रीमा देउवालाई साथ दिएको थियो। त्यसपछि जसपा फुटको संघारमा पुगेको थियो। पार्टीको आधिकारिकता विवाद हाल निर्वाचन आयोगमा विचारधिन छ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। अहिले जसपामा अध्यक्ष ठाकुर समूह मत नदिने पक्षमा उभिएको छ। तर आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। के अध्यक्ष ओलीको भेटमा मतको विषयमा पनि छलफल भएको हो त?

'यस विषयमा कुनै छलफल भएको छैन। त्यसको लागि दुईचार दिनमा फेरी अर्को बैठक होला,' नेता झाले भने।

भेटमा प्रधानमन्त्री हुँदा चारैतिरबाट घेरिएको र अहिले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि कस्तो हुँदो रहेछ भन्ने विषयमा ठट्टा समेत भएको नेता झाले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell