कैलालीः कञ्चनपुरको बेदकोट नगरपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामका एक बाबा मृत फला परेका छन्।
बेदकोट ४ मा रहेको धामका ७५ वर्षीय बाबा किशन नाथको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्ध राज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
'अहिले नै घटना के भएको भन्ने अवस्था छैन। पोस्टमार्टमपछि केही खुल्ला,' डिएसपी न्यौपानेले भने। प्रारम्भिक चरणमा सोधपुछ भइरहेकाले थप अनुसन्धानपछि मात्रै घटनाका विषयमा भन्न सकिने उनले बताए।
बाबा मृत फेला परेको स्थानमा केही रगतको दाग देखिएको छ। बाबा लामो समयदेखि बिरामी थिए। शुक्रवार पनि उनी उपचारको लागि भन्दै अस्पताल गएर आएको खुलेको छ।
