PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

देउवाको पक्षमा एमालेका कम्तिमा २३ जनाको मत आउँछ : रामकुमारी झाँक्री



पहिलोपोस्ट

देउवाको पक्षमा एमालेका कम्तिमा २३ जनाको मत आउँछ : रामकुमारी झाँक्री
प्रतिगमनविरुद्धको आन्दोलनमा झाँक्री। फाइल फोटो

काठमाडौं : सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका कम्तिमा २३ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छिन्।

सामाजिक सञ्जालमा सांसद झाँक्रीले लेखेकी छिन्, '...हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।'

संविधानको धारा ७६(५) को प्रधानमन्त्रीका लागि संघीय संसदका सदस्य शेरबहादुर देउवालाई समर्थन गरेको उल्लेख गर्दै उनले १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यले सर्वोच्च अदालतको ढोका ढकढकाएको स्मरण गरेकी छिन्। 

'अदालतले परमादेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो,' उनले भनेकी छिन्, 'सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पूरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell