PahiloPost

Jun 15, 2026 | १ असार २०८३

लुम्बिनीका मुख्यमन्त्रीले भने : तीन महिनाको मेहनत खेर गयो



पहिलोपोस्ट

लुम्बिनीका मुख्यमन्त्रीले भने : तीन महिनाको मेहनत खेर गयो

बुटवल : नेकपा एमाले विवाद मिलाउन गठित समितिमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तीन महिना एकताको प्रयास असफल भएको बताएका छन्।

विवाद मिलाउन गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा माधवकुमार नेपालले असहमति जनाएकाले अहिलेसम्म गरेको सबै प्रयास विफल भएको तर्क गरेको हुन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’

आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिँदै छन्। एमाले विवाद नमिलेकाले माधव नेपाल समूहले देउवाको पक्षमा मतदान गर्ने अभिव्यक्ति दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell