PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

देउवालाई विश्वासको मत दिने कि नदिने? नेपाल समूहमा भएन एकमत



पहिलोपोस्ट

देउवालाई विश्वासको मत दिने कि नदिने? नेपाल समूहमा भएन एकमत

काठमाडौं : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षभित्र देउवालाई विश्वासको मत दिने या नदिने बारेमा फेरि पनि विवाद भएको छ।

पार्टीको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेता र अनौपचारिक वार्तमा सक्रिय नेताहरु देउवालाई विश्वासको मत दिन नहुने पक्षमा छन् भने त्यस बाहेकका नेताहरु भने विश्वासको मत दिनुपर्ने बताउँदै आएका छन्।

नेपाल पक्षका नेता तथा अध्यक्ष केपी शर्मा ओली पक्षसँग अनौपचारिक वार्तामा सक्रिय नेता भीम आचार्यले एमाले फुटाउने षड्यन्त्र भएको आरोप लगायका छन्। उनले आफूहरुलाई विश्वासको मत लिने बारेमा जानकारी नभएको बताए।

'घोषित योजना अनुसार नेकपा एमाले फुटाउने षड्यन्त्र हो। जबकि हामी १० बुँदे सहमति अनुसार एमालेले विभाजित भएर भोट हाल्दैनौं भनिरहका छौँ। हामीसँग विश्वासको मत लिने केही पनि छलफल भएको छैन,' उनले भने। नेपाल पक्षका २३ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउँन भन्दै सर्वोच्च अदालतमा पुगेर हस्ताक्षर गरेका थिए। सर्वोच्चको आदेश अनुसार हाल देउवा प्रधानमन्त्री छन्। उनले आइतवार नै विश्वासको मत लिने तयारी गरेका छन्।

शुक्रवार बसेको एमालेको स्थायी कमिटीको बैठकले कार्यदललाई विघटन गरेको भए पनि अनौपचारिक संवादका लागि फेरि कार्यदलका नेता सक्रिय भएका हुन्। शनिवार ओलीलाई भेटेका कार्यदलका नेताहरुले आइतवार बिहान नेपाललाई भेटेका थिए। उनीहरुले फेरि पनि संवाद गरेर सहमतिको वातावरण बनाउनुपर्ने अडान राख्दै आएका छन्।

यस्तै, कार्यदलमा रहेका र वार्तामा सक्रिय रहेकाबाहेकका नेपाल समूहका नेताहरुले भने देउवालाई विश्वासको मत दिने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell