PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्‍त सदस्य पदमा अधिवक्ता रावल मनोनित



पहिलोपोस्ट

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्‍त सदस्य पदमा अधिवक्ता रावल मनोनित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल मनोनित भएका छन्।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान (संशोधन सहित) को धारा २५ (९) बमोजिम रावललाई मनोनयन गरेका हुन्। देउवाले कांग्रेसको विधान र नियमावली बमोजिम कार्य गर्न गराउन रावललाई निर्देशन पनि दिएका छन्। 

कञ्चनपुर घर भएका रावल काठमाडौंमा बस्दै आएका छन्।

कांग्रेसको १४ औं महाधिवेशनको भदौ १६ बाट काठमाडौंमा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell