PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ओली पक्षको माधव नेपाललाई चेतावनी : देउवालाई विश्वासको मत दिने नेता एमालेमा रहँदैन



पहिलोपोस्ट

ओली पक्षको माधव नेपाललाई चेतावनी : देउवालाई विश्वासको मत दिने नेता एमालेमा रहँदैन

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालले एकता नचाहेको निष्कर्ष निकालेको छ।

च्यासलमा बसेको स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बैठकमा नेपाल पक्षले एकता नचाहेको बारेमा छलफल भएको जानकारी दिए। आफूहरुले विहान नेपाललाई भेटेर पार्टीको संस्थागत निर्णय मान्न आग्रह गरे पनि नेपालले नमान्ने बताएको उनको आरोप थियो।

यस्तै, एमालेको स्थायी कमिटीको बैठकले शुक्रवारको संसदीय दलको बैठकले नै देउवाको विपक्षमा उभिने निर्णय गरेकाले उनलाई विश्वासको मत दिने एमालेको नेता नरहने निर्णय गरेको छ। ज्ञवालीले एमालेको संस्थागत निर्णय नमान्ने नेता/कार्यकर्ता एमालेमा नरहने बताए।

उनले प्रतिनिधि सभामा एमाले विपक्षमा रहने भए पनि नेपाल समूहका केही नेताहरुले विश्वासको मत दिने तयारी गरेको भन्दै कारवाहीको चेतावनी दिएका हुन्। 'एमालेले अस्ती नै निर्णय गरिसकेको छ। पार्टीको संस्थागत निर्णय नमान्ने मान्छे एमालेको नेता कार्यकर्ता रहन सक्दैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell