PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

चीनले १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई पनि खोप दिँदै



पहिलोपोस्ट

चीनले १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई पनि खोप दिँदै
Photo: Xinuha

चीनमा १८ वर्ष मुनिका किशोर-किशोरीका लागि कोभिड-१९ विरुद्धको खोप दिने भएको छ। चीनका केही प्रान्त तथा महानगरपालिकाहरुले १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरुलाई खोप उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेको चाइना डेलीले जनाएको छ। 

चीनको उत्तरपूर्वी प्रान्त हेइलोङजियाङले मध्यमा तथा उच्च माध्यमिक विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप दिने योजना तयार गरेको छ।

खोप दिन अगाडि विद्यार्थीका अभिभावकहरुलाई खोपको विषयमा जानकारी गराइने छ। खोप लगाउने समयमा उनीहरुका अभिभावकहरु उनीहरुको साथमा हुने छन्। यस प्रान्तले सेप्टेम्बर सम्म यो समूहका किशोरकिशोरीका लागि दोस्रो डोज उपलब्ध गराइसक्ने योजना तयार पारिसकेको छ।

त्यस्तै क्वाङ्सी चुआङ स्वशासित क्षेत्रले यस अघि नै १५ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई खोप दिइसकेको छ। साथै १२-१४ वर्ष उमेर समूहका लागि अगस्ट देखि खोप अभियान चलाउने छ। अक्टोवरको अन्त्य सम्म १२ देखि १७ वर्ष उमेर समूहका सबै किशोर किशोरीलाई खोप दिइसकिने त्यहाँको स्वास्थ्य निकायले जनाएको छ।

खोप अभियानमा त्यहाँका प्राथमिक, जुनियर हाइ तथा सिनियर हाइ स्कुलका साथै प्राविधि तथा व्यवसायीक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित वर्गमा राखिएको छ। खोप लगाउनु अगाडि उनीहरुका अभिभावकले सबै सर्तहरु अध्ययन गरी हस्ताक्षर गर्नुपर्ने र खोप लगाउने बेला उनीहरुको साथमा रहनुपर्ने उल्लेख छ।

यस वर्षको अन्तिम ६ महिना १२ देखि १७ वर्ष सम्मका किशोर-किशोरी र ६० वर्ष माथिका वृद्ध वृद्धालाई प्राथमिकतामा राखेर खोप दिइने छ।

चीनको हुपेइ प्रान्तको जियाङच्वे शहरले पनि १२-१७ वर्ष र ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई खोप अभयान अगस्टबाट सुरु गर्दै छ। क्वाङतोङ प्रान्तको राजधानी क्वान्चोउले १२-१७ वर्ष उमेर समूहमा खोप अभियान चलाउने वारे अनुसन्धान गरी योजना तय गर्ने त्यहाँको स्वाथ्य आयोगले जनाएको छ।

चीनमा हाल १८ वर्ष माथिको उमेर समूहका नागरिकहरुलाई खोप दिइएको छ। शुक्रवार सम्म १ अर्ब ४४ करोड डोज भ्याक्सिन लगाइसकिएको छ।

चीनले यही जुनमा स्वदेशमा उत्पादित इनएक्टिभेटेट कोभिड-१९ भ्याक्सिनलाई ३ वर्ष देखि १७ वर्ष उमेर समूहमा आपतकालीन प्रयोगको अनुमति दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell