PahiloPost

Jun 15, 2026 | १ असार २०८३

हेलिकप्टर चढेर गगन थापा विश्वासको मत दिन काठमाडौं आउँदै



पहिलोपोस्ट

हेलिकप्टर चढेर गगन थापा विश्वासको मत दिन काठमाडौं आउँदै

काठमाडौं : नेपाली कांग्रेसका सांसद हेलिकप्टर चढेर विश्वासको मतका लागि काठमाडौं आउने भएका छन्।

दुई दिनदेखि पोखरामा रहेका उनी स्थल मार्गबाट काठमाडौं आउने क्रममा पहिरोले बाटो रोकिएपछि हेलिकप्टरबाट आउन लागेका हुन्।   
नेपाली कांग्रेसका नेता रामजी कुँवरको स्मृति सभामा भाग लिन शनिवार गगन पोखरा गएका थिए।

दमौली नजिकै पहिरोले बाटो बन्द भएको उनका सहयोगी सविन मुडवारीले जानकारी दिए। त्यसैले थापा हेलिकप्टर चढेर काठमाडौं उडेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन्। संसदमा आज उनले विश्वासको मत हासिल गर्न सकेमा डेढ वर्ष सरकार सुनिश्चित हुनेछ। देउवालाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको विद्रोही समूह तथा जनता समाजवादी पार्टीका सांसदले मत दिँदैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell