PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कांग्रेस सांसदहरूलाई ह्विप जारी : 'माधव नेपाल पक्ष साथमै रहनेमा ढुक्क'



पहिलोपोस्ट

कांग्रेस सांसदहरूलाई ह्विप जारी : 'माधव नेपाल पक्ष साथमै रहनेमा ढुक्क'

काठमाडौं : नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आज साँझ हुने विश्वासको मतदान प्रकृयामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
संसदीय दलको बैठकको सांसदहरुलाई ह्विप जारी गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। 

गठबन्धनमा रहेका दलहरूलाई पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मतदान दिन बैठकले आह्वान गरेको छ। विश्वासको मतदान प्रकृयामा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूको साथ रहनेमा कांग्रेस ढुक्क रहेको भुसालको भनाइ थियो। कांग्रेस संसदीय दलको बैठक बानेश्वरको ल्होत्से हलमा बसेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell