PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ओलम्पिक जाने तयारीमा रहेकी एथ्लेटिक्सकी प्रशिक्षक मल्ललाई कोभिड संक्रमण, उनको स्थानमा सन्तोष श्रेष्ठ जाने



पहिलोपोस्ट

ओलम्पिक जाने तयारीमा रहेकी एथ्लेटिक्सकी प्रशिक्षक मल्ललाई कोभिड संक्रमण, उनको स्थानमा सन्तोष श्रेष्ठ जाने

काठमाडौं: टोकियो ओलम्पिकमा जाने तयारीमा रहेकी एथेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोभिड संक्रमण भएको छ। जापानको टोकियोमा हुने गृस्मकालीन ओलम्पिकमा जान लागेकी उनको पीसीआर परीक्षण गर्दा कोभिड संक्रमण देखिएको नेपाल ओलम्पिक कमिटीले एक विज्ञप्तिमार्फत जनाएको छ।

'टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीको कोभिड सम्बन्धी नियमअनुसार वहाँलाई सहभागी गराउन नमिल्ने भएका कारण वहाँको प्रतिस्थापनमा पहिलेको लङ लिस्टमा एक्रडेट भैसकेका प्रशिक्षक सन्तोष श्रेष्ठलाई सहभागी गराउने सम्बन्धित निकायहरुबीच सहमति भएको छ।' कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एथ्लेटिक्सबाट नेपालको तर्फबाट सरस्वती चौधरीमा ओलम्पिकमा सहभागिता जनाउँदै छिन्। यसअघि एथलेटिक्सबाट गोपिचन्द्र पार्कीले म्याराथनमा सहभागिता जनाउने भनिएकोमा कोटा नमिलेको कारण अर्को खेलाडी पठाउने भन्दै ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र एथ्लेटिक्स सघले संयुक्त विज्ञप्ति जारी गरेका थिए। पार्कीको स्थानमा चौधरीले १०० मिटरमा सहभागिता जनाउने छिन्।

ओलम्पिकमा नेपालको तर्फबाट पौडीमा गौरिका सिंह र अक्जेन्डर शाह, शुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell