PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जब सांसद सुरेन्द्र पाण्डेले भीम रावलको राजीनामा रोक्ने खोजे…



पहिलोपोस्ट

जब सांसद सुरेन्द्र पाण्डेले भीम रावलको राजीनामा रोक्ने खोजे…

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने पूर्व सन्ध्यामा सुदूर पश्चिमका नेताले प्रतिनिधिसभाका सभामुखसामु राजीनामा बुझाएका हुन्।

सांसद रावलको राजीनामालाई लिएर एमाले सांसदहरु नै आश्चर्यमा परेका छन्। संसद भवनभित्र नै रहेका अर्का सांसद सुरेन्द्र पाण्डेले रावललाई राजीनामा नदिन र यसको जानकारी पत्रकारलाई नगराउन गरेको प्रयास असफल बन्यो। 

जव रावलले राजीनामा लेखिएको पत्र संसद भवनमा उपस्थित भएका पत्रकारहरुलाई पढेर सुनाउन थाले ठीक त्यतिखेर उनलाई रोक्न पुगेका थिए पाण्डे। पछाडिबाट सांसद पाण्डेले उनलाई रोक्न खोजे। तर, उनको हात हटाउँदै रावलले 'प्लिज प्लिज एकछि नरोक्नु पत्रकारलाई कुरा गर्न दिनु' भन्दै राजीनामा पढेर सुनाएका थिए।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै राष्ट्रपति कार्यालयमा पठाइएको सूचीमा रहेका उनी सर्वोच्च अदालतमा उनैलाई समर्थन गर्दै हस्ताक्षर गर्ने अभियानमा पनि सक्रिय थिए। पछिल्लो समय उनी पार्टी एकताका लागि गठित कार्यदलका सदस्य समेत थिए।

राजीनामा दिएसँगै उनले अराजनीतिक क्रियाकलाप रोक्न आफूले प्रयास गरे पनि नसकेपछि राजीनामा दिएको उनको भनाई छ।

'राजनीतिक तहमा अनैतिक घृणित काम भइरहेकाले तिनलाई रोक्नका लागि मैले अधिकतम प्रयास गरेँ,' रावलले राजीनमा दिन जानुअघि भने, 'उच्च राजनीतिक तहमा देखिएको अराजनीतिक व्यवहार देख्दा देश जनतालाई खेद हुन्छ। अराजनीतिक गतिविधिको मतियार नबन्नका लागि मैले प्रतिनिधिसभाबाट राजीनामा दिएको छु।'

एमाले विवाद समाधानका लागि विघटित कार्यदलमा रावल वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका थिए। नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell