PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

प्रतिनिधिसभा बैठक सुरु : विश्वासको मत लिन प्रधानमन्त्री देउवा पुगे, ओली अझै देखिएनन्



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक सुरु : विश्वासको मत लिन प्रधानमन्त्री देउवा पुगे, ओली अझै देखिएनन्

काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु भएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो बैठक बसिरहेको छ। 

बैठकमा विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन पुगिसकेका छन्। त्यस्तै, अन्य सांसदहरु आउने क्रम जारी रहेको छ।

यो समाचार तयार पार्दासम्म प्रमुख प्रतिपक्ष दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित भएका छैनन्। आफैँले पटकपटक विघटन गरेको प्रतिनिधिसभामा उनको उपस्थिति कुन रुपमा हुन्छ भन्ने चासो सबैमा छ।

यता नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल भने बैठक सुरु हुन अघि नै पुगिसकेका थिए। 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यतालिका रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell