PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पुनर्स्थापनापछिको पहिलो बैठक : संसद भवन भित्र र बाहिर देखिएका दृश्य

पुनर्स्थापनापछिको पहिलो बैठक : संसद भवन भित्र र बाहिर देखिएका दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अहिले बानेश्वरस्थित सम्मेलन केन्द्रको भवनामा प्रतिनिधिसभाको बैठक चलिरहेको छ।

सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि आज पहिलो बैठक बसिरहेको हो। आजको बैठकमा सबैभन्दा महत्वपूर्ण मानिएको विषय हो प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु।

त्यसैले अहिले भवनमा देउवाले पक्ष र विपक्षमा मतदान दिनको लागि सांसदहरु बैठकमा सहभागी भइसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा पनि बैठकमा नै छन्। तर, प्रमुख प्रतिपक्षी दलका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अझैसम्म बैठकमा पुगेका छैनन्।

भवनभित्र सांसदहरु आफ्नै लयमा देखिएका छन्। संसद भित्र र बाहिरका दृश्यहरु हेर्नुस्:



ट्रेन्डिङ पोस्ट

Ncell