PahiloPost

Jun 15, 2026 | १ असार २०८३

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने, संसद भवनमा भयो मौखिक सहमति



पहिलोपोस्ट

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने, संसद भवनमा भयो मौखिक सहमति

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ।

जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि तयार भएका हुन्।

ठाकुर समूहका एक सांसदका अनुसार मधेसका माग सम्बोधनको प्रतिबद्धतापछि सत्ता गठबन्धनसँग विश्वासको मत दिनेबारे मौखिक सहमति भएको छ।

देउवाले विश्वासको लिने प्रयोजनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक केही बेरमा बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell