PahiloPost

Jun 15, 2026 | १ असार २०८३

विप्लवको राजनीतिक परामर्श जारी, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग भेट



पहिलोपोस्ट

विप्लवको राजनीतिक परामर्श जारी, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग भेट

काठमाडौंः पछिल्लो समय राजनीतिक परामर्शलाई तीव्रता दिइरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आइतबार माओवादी केन्द्र छाडेका नेताहरुलाई भेट गरेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुरु भएको राजनीतिक परामर्शको सिलसिलामा विप्लवले पूर्व माओवादीका नेताहरु भेट गरेका हुन्। 

ललितपुरस्थित नेता लेखराज भट्टको निवासमा विप्लवले रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह तथा मणि थापासँग भेट गरेका हुन्। 

प्रचण्ड, माधवकुमार नेपाल तथा मोहन वैद्यपछि विप्लवले पूर्व माओवादी नेतासँग भेट गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell