PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ओलीलाई बैठकमा नदेखेपछि देउवाले भने, ‘उहाँ आउनुभएको भए म खुसी हुन्थेँ’



पहिलोपोस्ट

ओलीलाई बैठकमा नदेखेपछि देउवाले भने, ‘उहाँ आउनुभएको भए म खुसी हुन्थेँ’

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा आफ्नो सम्बोधनका क्रममा विपक्षी दलका नेता केपी शर्मा ओली उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। संसदीय अभ्यासमा प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रमुख विपक्षी दलको नेता उपस्थित हुने प्रचलन छ। 

तर, ओली केहीबेर बैठकमा बसेर बाहिरिएका थिए। 

विश्वासको मतको प्रस्तावको छलफलमा जवाफ दिने क्रममा देउवाले भने, ‘ वास्तवमा उहाँको स्वास्थ्यले हो कि किन हो यहाँ देखिएन । म ओलीजी प्रधानमन्त्री हुँदा सधैं आउँथेँ। उहाँ स्वास्थ्यका कारणले होला वा आज पनि उहाँ आउनुभएको भए म बडा खुसी हुन्थेँ।’

प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता उपस्थित हुने संसदीय व्यवस्थाको सिद्धान्त नै भएको देउवाको भनाई छ। 

कांग्रेस सहिष्णुता राख्ने पार्टी भएकाले विपक्षको आलोचनालाई सहज रुपमा लिने देउवाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell