PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

देउवाले पाए प्रतिनिधि सभामा विश्वासको मत, तेस्रो पटकको विघटनबाट जोगियो संसद्



पहिलोपोस्ट

देउवाले पाए प्रतिनिधि सभामा विश्वासको मत, तेस्रो पटकको विघटनबाट जोगियो संसद्

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। आइतबार राति भएको मतदानमा देउवाले १६५ मत पाए। 
कूल उपस्थित २४९ मध्ये देउवाको पक्षमा १६५ र विपक्षमा ८३  मत परेको हो। एक सांसद तटस्थ रहे। 

देउवालाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल र नेकपा (एमाले) को एक समूहले मत दिएको हो। 

प्रतिनिधि सभामा कायम रहेको २७१ संख्याको बहुमत पुग्न १३६ मत आवश्यक थियो। सो अनुसार देउवाले १६५ मत पाएपछि विश्वासको मत प्राप्त भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरे। 

संविधानको धारा ७६(५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै प्रतिनिधि सभा एकै कार्यकालमा तेस्रो पटक विघटन हुनबाट जोगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell