PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साउने सोमवार : यस्तो देखियो गोकर्णेश्वर परिसर

साउने सोमवार : यस्तो देखियो गोकर्णेश्वर परिसर

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज साउनको पहिलो सोमवार। हिन्दु परम्परामा साउनको हरेक सोमवारको विशेष महत्व हुनेगर्छ। सात्विक खानपान र हरियालीको महिनाका रुपमा यस दिनलाई मनाइने गरिन्छ।

यसैले पनि आज श्रद्धालु काठमाडौंको गोकर्णेश्वर मन्दिरमा पुगेका थिए।

साउनको सोमवार शिवको पूजा गरेमा मनोकांक्ष पुरा हुने विश्वासका साथ महिला भक्तजन बिहानैबाट शिव मन्दिर पुग्छन्। सोमवारका दिन शिवको व्रत पूजा विशेष फलदायी हुने ज्योतिषहरु बताउँछन्। यो दिन व्रत नबस्ने महिलाहरुसमेत हरियो पहेलो चुरा र मेहन्दी लगाउँछन्। आजैबाट बोलबमसमेत शुरु हुँदैछ। साउनको पहिलो सोमवार बिहान गोकर्णेश्वर मन्दिर परिसरमा देखिएको दृश्य :

 



ट्रेन्डिङ पोस्ट

Ncell