PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

वडा अध्यक्ष सवार मोटरसाइकलमा भेटियो खैरो हेरोइन, तीन जना समातिए



पहिलोपोस्ट

वडा अध्यक्ष सवार मोटरसाइकलमा भेटियो खैरो हेरोइन, तीन जना समातिए

काठमाडौं : प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक जना वडा अध्यक्ष समेत रहेका छन्। पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, ४० वर्षीय बलिष्टर सहनी र रामआदेश सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

'वडा अध्यक्ष चढेको मोटरसाइकलबाट हेरोइन फेला पारेका हौं,' जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालले भने।

गए राति साढे १० बजेतिर इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बर्वामा एकसाथ आएका ना.१ ब ३५९५ नम्बरको पल्सर र ना.६२ प १९४२ नम्बरको मोटरसाइकल चेक गर्दा फिल्टर बक्सबाट ७९ ग्राम लागु औषध खैरो हेरोइन फेला पारेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell