PahiloPost

Jun 15, 2026 | १ असार २०८३

झापाको गौरादहमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् समातिए



पहिलोपोस्ट

झापाको गौरादहमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् समातिए

काठमाडौंः श्रीमतीको हत्या अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

झापाको इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको संयुक्त टोलीले मोरङ रंगेली नगरपालिका घर भएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई नियन्त्रणमा लिएको हो। सिजलाले असार ३१ गते  बिहान ७ बजेतिर गौरादह नगरपालिका वडा नम्बर १ सितल चोक बस्ने ३४ वर्षीय संगिता टुडुलाई हत्या गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनले सामान्य विवादमा कुटपिट पछि नजिकै खेतमा रहेको टहरामा लगेर हत्या गरेका थिए। हत्यापछि फरार रहेका सजिलालाई आज बिहान मोरङको रंगेलीबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell