PahiloPost

Mar 2, 2025 | १८ फागुन २०८१

ओलीका कार्यकर्ता माधव नेपालविरुद्ध आगो : बनाए पुत्ला, बजाए शंख, खटमा बोकेर गरे दाहसंस्कार

ओलीका कार्यकर्ता माधव नेपालविरुद्ध आगो : बनाए पुत्ला, बजाए शंख, खटमा बोकेर गरे दाहसंस्कार

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : शंख फुक्दै केही मानिसलाई हरियो बाँसको खटमा राखेर पुत्ला दौडाइरहेका थिए। उनीहरु पछिपछि प्रहरीको टोली समेत दौडिरहेको देखिन्थ्यो। तर, त्यो दौडमा युवाहरु निकै अघि थिए। खटलाई बालकुमारी पुलमुनिको खोला किनारमा पुर्‍याएपछि एक युवकले बोटलमा रहेको पेट्रोल झिके। अनि त्यहीमाथि खन्याए।

एकैछिनमा आगो दन्किन थाल्यो। त्यसपछि प्रहरीले पुत्ला खोज्दै आगो निभाउन थाले। झट्ट हेर्दा शव यात्रा र अन्त्यष्टि लाग्ने यस्तो दृश्य चर्को असन्तुष्टिको अभिव्यक्तिमात्र थियो।

नेकपा एमालेको भातृ संगठन युवा संघले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको पुल्ला दहन र शवयात्रा गरेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ताहरु नेपालको चर्को विरोध गर्दै उत्रिएका हुन्। 

आइतवार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्दै उनीहरुले विरोधको यस्तो शैली अपनाएका हुन्। त्यसो त यसअघि पनि पटक पटक युवा संघले माधव नेपालको पुत्ला दहन गरिसकेको छ। आज प्रधानमन्त्री देउवाको पक्षमा भोट दिने सांसद विरुद्ध पनि उनीहरुले नाराजुलुस गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell