PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ट्विट कुटनीति : प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबिच टेलिफोन कुराकानी



पहिलोपोस्ट

ट्विट कुटनीति : प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबिच टेलिफोन कुराकानी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच टेलिफोन सम्बाद भएको छ।

प्रधानमन्त्री देउवाले ट्विट गर्दै भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको जानकारी गराएका छन्। मोदीले प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए। 

'हामीबिच दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनेबारे छलफल भयो,' देउवाले ट्विटमा भनेका छन्, 'प्रधानमन्त्री मोदीले कोभिड १९ विरुद्धको खोप छिट्टै उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ।' 

देउवा भन्दा अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई समकक्षीबिच कुराकानी भएको ट्विट गरेका थिए। 'प्रधानमन्त्री शेरबहादुर देउवासँग मेरो कुराकानी भयो र मेरो तर्फबाट बधाई र शुभकामना प्रकट गरेँ,' मोदीले ट्विटमा लेखेका छन्, 'कोभिड १९ पेन्डामिकविरुद्धको लडाई सहित भारत र नेपाल संयुक्त रुपमा वृहत क्षेत्रमा सहकार्य गर्नेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell