PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

दाउद मियाँको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ



रासस

दाउद मियाँको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

सप्तरी : सप्तरीको खडक नगरपालिका-९ का ७० वर्षीय दाउद मियाँको हत्यामा संलग्न रहेको अभियोगमा सप्तरी प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका-९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनका छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो।

घटनापछि फरार अभियुक्तहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरका उमाशङ्करप्रसाद साह, इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान र इलाका प्रहरी भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको टोलीले विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell