PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

‘निर्वाध आपूर्तिमा सघाउने व्यवसायी खोपबाट बञ्चित हुनु दुःखद’



रासस

‘निर्वाध आपूर्तिमा सघाउने व्यवसायी खोपबाट बञ्चित हुनु दुःखद’

पोखरा : पोखरा उद्योग वाणिज्य संघले उद्योगी/व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो। ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट बञ्चित हुनु दुःखद भएको बताए।

माग सम्बन्धमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै यथासम्भव प्राथमिकताको आधारमा व्यवसायीलाई खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताइन्। संघका प्रतिनिधिमण्डलले आजै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पनि सोही व्यहोराको बोधार्थपत्र बुझाउँदै खोपको प्रबन्धक गर्न आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell