PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रचण्ड र माधव नेपालविरुद्ध ओली समर्थकको 'बाँदर जुलुस'

प्रचण्ड र माधव नेपालविरुद्ध ओली समर्थकको 'बाँदर जुलुस'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएदेखि उनका समर्थकहरु सडकमा उत्रिनेक्रम जारी छ। 

राष्ट्रिय युवा संघ नेपालको आह्वानमा आज उनीहरुले बाँदर जुलुस प्रदर्शन गरे। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिरमा 'गद्दार' लेखेर प्रदर्शनमा उत्रिएका थिए। हिजोमात्रै यही समूहले माधवकुमार नेपालको पुत्ला खोलामा लगेर जलाएको थियो।

पार्टीका आफ्नै सांसदले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको पक्षमा मत दिएको आक्रोस पोख्दै उनीहरुले चर्का नाराबाजी पनि गरेका थिए। बाँदरले आफ्नो घर पनि बनाउँदै, अरुको पनि बन्न दिँदैन भन्ने नेकपा एमालेका सांसदहरुले देखाएको भन्दै उनीहरुले बादर जुलुस निकालेको जनाएका छन्। हेर्नुस् - ओली पक्षधरले निकालेको बाँदर जुलुसका दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell