PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिश सिद्दिकीको सम्झनामा दीप प्रज्वलन

अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिश सिद्दिकीको सम्झनामा दीप प्रज्वलन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अफगानिस्तानमा मारिएका भारतीय फोटो पत्रकार दानिश सिद्दिकीको सम्झनामा नेपालका फोटो पत्रकारहरुले दीप प्रज्वलन गरेका छन्। फोटो पत्रकारहरुले स्वयम्भूमा दीप प्रज्वलन गरेर सिद्दिकीलाई सम्झिएका हुन्।

युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका क्रममा कंधार क्षेत्रमा पुगेका दानिश सुरक्षाकर्मीको समूहसँग नै थिए। त्यही बेला भएको आक्रमणमा उनको पनि मृत्यु भएको हो।

सिद्दिकी भारतमा रोयटर्स पिक्चर्स मल्टिमेडियाका प्रमुख थिए। केही दिनदेखि उनी अफगानिस्तानमा भइरहेको संघर्षको रिपोर्टिङ गरिरहेका थिए।

सिद्दिकीले आफ्नो ट्वीटरबाट अफगानिस्तानको अवस्थाबारे जानकारी साझा गर्दै आएका थिए। दिल्लीको जामिया मिलिल्लया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका सिद्दिकीले जामियाबाट नै मास कम्युनिकेसन रिसर्च सेन्टरबाट डिग्री पूरा गरेका थिए।

एक टेलिभिजन न्यूजमा संवाददाताका रुपमा काम शुरु गरेका उनी पछि मात्रै फोटो पत्रकारितामा प्रवेश गरेका थिए। सन् २०१० मा उनी रोयटर्समा इन्टर्नका रुपमा प्रवेश गरेका थिए। सन् २०१७ मा सिद्दिकीलाई पुलिजर पुरस्कार प्रदान गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell