PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

देउवालाई बधाई दिन बालुवाटारमा कांग्रेसीको तछाडमछाड

देउवालाई बधाई दिन बालुवाटारमा कांग्रेसीको तछाडमछाड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : हालै प्रधानमन्त्रीमा नियुक्त कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिनेको बालुवाटारमा लर्को लाग्न थालेको छ। बुधवार बिहान प्रधानमन्त्री निवासको दृश्य त्यस्तै देखियो।

असार २९ गते प्रधानमन्त्रीमा नियक्त भएका देउवालाई बधाई दिन अहिलेसम्म कांग्रेसका नेता तथा कार्यकर्ताको तछाडमछाड नै देखिन्थ्यो।

बालुवाटार प्राँगणमा बिहान ८ बजेबाट कांग्रेसको महिला संघ, निर्माण व्यवसायी संघदेखि ललितपुर कांग्रेसको भिड देखिन्थ्यो। ८ बजेबाट भिड लागेपनि देउवा भने १० बजेतिरमात्र नियमित भेटका लागि कार्यालय निस्किएका थिए।

प्रधानमन्त्री निुयक्त भएपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झैं सरकारी निवासमा नै पार्टीको बैठक र भेटघाट गर्दै आएको भन्दै देउवाको आलोचना हुँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell