PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

सरकारले आयात प्रतिबन्ध लगाएको रेडबुल बिक्री, प्रहरीले छापा मार्दा चार जना समातिए



पहिलोपोस्ट

सरकारले आयात प्रतिबन्ध लगाएको रेडबुल बिक्री, प्रहरीले छापा मार्दा चार जना समातिए

काठमाडौंः सरकारले आयत गर्न प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुल बिक्री गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाले  काठमाडौँका विभिन्न ठाउँमा छापा मार्दा बिक्री गरेको पाइएपछि चार जनालाई नियन्त्रणमा लिएको हो।

काठमाडौंको न्यूरोड,सिनामंगल, पुरानो बानेश्वर, कपन लगायत क्षेत्रमा रहेका होलसेलबाट प्रतिबन्धित रेडबुल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरूमा प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ वर्षीय रबिनराज श्रेष्ठ, बाँके कोहलपुरका ३६ वर्षीय राजु पौडेल, शक्ति माता स्टोरका सञ्चालक ३१ वर्षीय धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर घर भएका ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

प्रहरीले २ सय २ कार्टुन (४८४८ वटा) प्रतिबन्धित रेडबुल बरामद गरेको हो। सरकारले २०७६ असार देखि नेपालमा क्याफिनयुक्त रेडबुल बिक्री गर्न बन्देज लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell