PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ओलीले सोधेको स्पष्टीकरणलाई माधव नेपाल समूहको जवाफ : किन सोधेको? सोध्ने विषय नै होइन



पहिलोपोस्ट

ओलीले सोधेको स्पष्टीकरणलाई माधव नेपाल समूहको जवाफ : किन सोधेको? सोध्ने विषय नै होइन

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको प्रतिक्रिया पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले ह्वीप लगाउन नसक्ने र अरु विषयलाई जोडेर अहिले स्पष्टीकरण सोध्नुको औचित्य नभएको उनीहरुको तर्क छ। बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटीको बैठकपछि नेता रघुजी पन्तले स्पष्टीकरण सोधेर बखेडामात्र झिकेको बताए। उनले पार्टी एकता विपरीत स्पष्टीकरण सोधिएको समेत जनाए।

'स्पष्टीकरण सोध्ने विषय नै होइन। एकता प्रक्रियामा भाँजो हाल्ने काम हो यो। अदालतको फैसललाले ह्वीप लाग्दैन भनेको छ,' उनले भने।

ओलीले पार्टीको ह्वीप उल्लंघनको विषय नै नराखी २२ जनालाई स्पष्टीकरण सोधेका हुन्। उनीहरुलाई पार्टीको अनुशासन विपरीत विपक्षी गठबन्धनसँग साँठगाँठ गरेको आरोप लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell