
काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ८३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको कुल परीक्षणमा १२ हजार ६१६ परीक्षण गर्दा २२.५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।
यसबीच ८ हजार ७१५ जनाको आरटी-पीसीआर परीक्षण गर्दा एक हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै तीन हजार ९०१ जनाको एन्टिजेन परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६३७ जनाको मृत्यु भएको छ। जुन कुल संक्रमितको १.५ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ४९० जना संक्रमित पहिचान भएका छन्। त्यस्तै ललितपुरमा १२८ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा ७९ जना, चितवनमा १६३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै झापामा १७० र कास्कीमा १८५ जनामा संक्रमण पुष्टि भएको छ।