PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चितवनमा एक पुरुष मृत फेला, घटनास्थल नजिकै भेटिएको गोलीको खोका



पहिलोपोस्ट

चितवनमा एक पुरुष मृत फेला, घटनास्थल नजिकै भेटिएको गोलीको खोका

काठमाडौंः चितवनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित सिमल डाँडा खेत नगरमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। शवको सनाखत हुन सकेको छैन। टाउकामा गोली लागेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए।

प्रहरीले घटनास्थल नजिकै गोलीको खोका समेत भेटिएको जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell