PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

चितवनमा गोली लागेर मृत भेटिएका पुरुष नेपाली सेनाको हुद्दा



पहिलोपोस्ट

चितवनमा गोली लागेर मृत भेटिएका पुरुष नेपाली सेनाको हुद्दा

काठमाडौंः चितवनमा एक पुरुष मृत अवस्थामा फेला परेका पुरुषको सनाखत भएको छ।

मृतक धादिङ नीलकण्ठ नगरपालिका घर भएका  ३६ वर्षीय भरत गुरुङ भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिए।

मृत भेटिएका गुरुङ नेपाली सेनामा कार्यरत भएको समेत खुलेको छ। उनी नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत भएको डीएसपी थापाले बताए।

आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित सिमल डाँडा खेतनगरमा गुरुङको शव फेला परेको थियो। टाउकामा गोली लागेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिए।

प्रहरीले घटनास्थल नजिकै गोलीको खोका समेत भेटिएको जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell