PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेससँग ओली आक्रोशित : स्थापना कालदेखि दमनकारीसँग मिल्यो, १७ सालामा 'कु' को विरोध गर्ने शक्ति भएन



पहिलोपोस्ट

कांग्रेससँग ओली आक्रोशित : स्थापना कालदेखि दमनकारीसँग मिल्यो, १७ सालामा 'कु' को विरोध गर्ने शक्ति भएन

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रसले दमनकारी नीति स्थापनाकालदेखि नै लिएको आरोप लगाएका छन्। पुष्पलालको स्मृति दिवसमा ललितपुरको च्यासलमा भएको कार्यक्रममा उनले नेपाली कांग्रेसले आफूसँग सहकार्य नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले कांग्रेस सुरुवातदेखि नै लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न तयार नभएको आरोप लगाए। उनले अहिले पनि कांग्रेस प्रतिक्रियावादीसँग मिलेको टिप्पणी गरे।

'लोकतन्त्रवादी सँग नमिल्ने दमनकारीसँग मिल्ने नीति कांग्रेसले स्थापनाकालदेखि नै लिएको हो,' उनले भने। ओलीले २०१७ सालमा राजा महेन्द्रले कु गर्दा कांग्रेससँग विरोध गर्ने सामर्थ्य नै नभएको ओलीको टिप्पणी छ। ओलीले कांग्रेसले कहिल्य पनि प्रगतिशिलसँग मिल्ने नीति नलिएको आरोप लगाए।

'प्रगतिशील शक्तिसँग नमिलेर जनशक्ति कमजोर भो। १७ सालको कु हँदा त्यसका विरुद्ध उत्रिने जनता भएन। आज पनि यो लागू हुन्छ,' ओलीले भने।

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्र र नेकपा एमालेको असन्तुष्टसमूहसँग मिलेपछि ओलीले कांग्रेसको विरोध गरेका हुन्। उनले आफू प्रगतिशील भएकाले कांग्रेसले सहकार्य गर्न नचाहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell