PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ओलम्पिक पुरुष फुटबल: फ्रान्समाथि मेक्सिकोको फराकिलो जित, स्पेन इजिप्टसँग बराबरीमा रोकियो



पहिलोपोस्ट

ओलम्पिक पुरुष फुटबल: फ्रान्समाथि मेक्सिकोको फराकिलो जित, स्पेन इजिप्टसँग बराबरीमा रोकियो
Photo: Mexico Football

टोकियो ओलम्पिक अन्तर्गत आज सम्पन्न पुरुष फुटबल अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिको यू २३ टिमले फ्रान्स यू २३ टिमलाई हराएको छ। जापानमा जारी प्रतियोगितामा आज सम्पन्न खेलमा मेक्सिकोले ४-१ ले खेल आफ्नो पक्षमा पारेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा भेगा एलेक्सिसले लाइनेज डिएगोको पासमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। त्यस्तै ५५ औं मिनेटमा कोरडोभा सेबस्टेइनले मेक्सिकोको अग्रता दोब्बर बनाए। खेलको ६७ औं मिनेटमा फ्रान्सका कोलो मौनी रन्दललाई मेक्सिकोका मोन्टेस सिजरले फउल गरेपछि पेनाल्टीको अवसर पाएको थियो। जसलाई सदुयपोग गर्दै गिगनाक आन्द्रे पिअरेले गोल गर्दै फ्रान्सको खाता खोले। यद्यपि मेक्सिकोले त्यसपछि पनि दुई गोल थप्न सफल भयो। मेक्सिकोका लागि एन्टुना युरिएलले ८० औं मिनेटमा र अग्युरी इडुआर्दोले अतिरिक्त समयमा गोल थप्दा मेक्सिकोले ४-१ को सहज जित निकाल्न सफल भयो।

त्यस्तै आजै सम्पन्न अरु खेलहरुमा इजिप्ट र स्पेन गोलरहित बराबरीमा रोकिँदा न्युजिल्याण्डले कोरिया रिपब्लिकलाई १-० ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell