PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

युट्युबमा तीजका गीत : यो साता कुन-कुन गीत भए हिट?



पहिलोपोस्ट

युट्युबमा तीजका गीत : यो साता कुन-कुन गीत भए हिट?

काठमाडौं : महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदैँ छ। असार १५ देखि तीजका गीतहरु रिलिज हुन थालेका हुन्। कोरोना महामारीबीच पनि तीजका गीतको संख्यामा कमी आएको छैन। अहिले पनि तीजका गीतहरु आउने क्रम जारी नै छ।

कमला घिमिरे र सचिन परियारको तीज गीत ‘बाउआमा सजाय-३’ यो साताको अत्यधिक भ्युज कमाउने गीतमा परेको छ। यो गीतलाई रिलिज भएको ६ दिनमै २३ लाख बढीले हेरेका छन्।

यसमा राजु परियार, पूर्णकला बिसी, अमृत सापकोटा, सुनिता बुढाक्षेत्री, कमला घिमिरे, सचिन परियार, रबिना बसेलको स्वर रहेको छ।

 

त्यसैगरि, टिका सानुको ‘बुहारी ४’ बोलको तीज गीतलाई पनि युट्युबमा रुचाइएको छ। यो गीतले रिलिज भएको एक सातामै १२ लाखभन्दा बढी भ्युज पाएको छ। साथै, गीतले युट्युब ट्रेन्डिङको तेस्रो स्थान कब्जा गर्न समेत सफल भएको छ।

गीतमा टीका सानुकै शब्द र स्वर रहेको छ। साथै, उनलाई करिश्मा घर्ती मगर, रेजिना परियार, मान सिंह खड्का, धन माया नेपाली, सुनिता बुढा, सरिता सुनार र दिल माया बिक ले साथ दिएका छन्।

 

त्यसैगरि, मौलिक रत्यौली तीज गीत ‘स्यानी माया’ले पनि युट्युबमा राम्रो भ्युज पाएको छ। यो गीतलाई रिलिज भएको चार दिनमै आठ लाखभन्दा बढी दर्शकले हेरेका छन्।

चन्द्रा सुवेदीको शब्द र लय रहेको गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलले स्वर भरेका छन्।

 

‘मेरो माया बसेको गाउँमा’ बोलको तीज गीतले पनि रिलिज भएको पाँच दिनमै आठ लाख भ्युज बटुलेको छ। यो गीतलाई पशुपति शर्मा र सम्झना भण्डारीले गाएका हुन्। गीतमा टिकटकमा भाइरल जोडी सरोज राना प्रजा र बिना राउतको अभिनय रहेको छ।

 

दुर्गेश थापाको ‘बिच्च बिच्चमा २’को फिमेल भर्सनको तीज गीतलाई पनि दर्शकले रुचाएका छन्। यो गीतलाई सात लाख बढीले हेरेका छन्। ६ दिनअघि सार्वजनिक भएको गीतले युट्युब ट्रेनिङको ३१ स्थान पाउन सफल भएको छ। यो गीतमा दुर्गेश थापा, समीक्षा अधिकारी र अस्मिता जुरेलीको स्वर रहेको छ।

 

‘सौता’ बोलको तीज गीतले पनि युट्युबमा राम्रै भ्युज पाएको छ। यो गीतलाई रिलिज भएको एक सातामा चार लाख बढीले हेरेका छन्। विशाल रायमाझीको शब्द रहेको गीतमा हरिमाया रायमाझी, विशाल रायमाझी र शर्मिला रायमाझीले स्वर दिएका छन्।

 

त्यसैगरि ‘उजेली’ बोलको गीतलाई पनि दर्शकले मन पराएका छन्। यस गीतलाई युट्युबमा चार लाखले हेरेका छन्। यो गीतले युट्युब ट्रेन्डिङको सातौँ स्थान समेत पाउन सफल भएको छ। रेशम सापकोटाको शब्दमा यो गीतमा प्रकाश क्षेत्री र मन्जु गुरुङको स्वर रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell