PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रिचार्लिसनको ह्याट्रिकमा ब्राजिलले जर्मनीलाई हरायो, अर्जेन्टिना अस्ट्रेलियासँग पराजित



पहिलोपोस्ट

रिचार्लिसनको ह्याट्रिकमा ब्राजिलले जर्मनीलाई हरायो, अर्जेन्टिना अस्ट्रेलियासँग पराजित

टोकियो ओलम्पिक अन्तर्गत आज सम्पन्न समूह डी को खेलमा ब्राजिल यू २३ ले जर्मनी यू २३ लाई हराएको छ। योकोहामा स्टेडियममा सम्पन्न खेलमा रिचार्लिसनको ह्याट्रिकमा ब्राजिलले जर्मनीमाथि ४-२ गोलअन्तरको जित निकालेको हो।

खेलको सातौं मिनेटमै रिचार्लिसनको गोलमा अग्रता बनाएको ब्राजिलका लागि २२ औं मिनेटमा रिचार्लिसनले नै दोस्रो गोल थपे। त्यस्तै ३० औं मिनेटमा रिचार्लिसनले नै अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे। पहिलो हाफको अन्तिम मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पाए पनि चुन्हा म्याथिउस चुकेका थिए।

दोस्रो हाफमा जर्मनीका अमिरी नदिइमले गोल गर्दै खाता खोले। तर ६३ औं मिनेट आर्नोल्ड म्याक्सिमिलियन रेडकार्ड खाँदै बाहिरिँदा ब्राजिल थप दवाबमा आयो। यद्यपि एच र्याङ्गरले ८४ औं मिनेटमा गोल गर्दै जर्मनीलाई खेलमा फर्काउने प्रयास गरे। तर, खेलको इन्ज्युरी समयमा पाउलिन्होले ब्राजिलका लागि गोल थप्दै ४-२ को जित सुनिश्चित गरे।

त्यस्तै आजै सम्पन्न अन्य खेलहरुमा अर्जेन्टिना अस्ट्रेलियासँग २-० ले पराजित हुँदा आइभोरीकोस्टले साउदी अरेबियालाई २-१ ले हरायो। त्यस्तै रोमानियाँले होण्डुरसलाई १-० ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell