काठमाडौं: जापानको टोकियोमा आजबाट औपचारिक रुपमा सुरु हुने ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउँदैछन्। ओलम्पिकमा नेपालको तर्फबाट पौडीमा गौरिका सिंह र अक्जेन्डर शाह, शुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालबाट सुरुमै जापान पुगेका पौडीका अलेक्जेन्डर शाह र ब्रिटेनबाट सिधै जापान पुगेकी कीर्तिमानी खेलाडी गौरिका सिंहले टोकुसिमामा अभ्यास गरेका थिए।
त्यस्तै सुटिङकी कल्पना परियारले र जुडोकी सोनिया भट्टले पनि त्यहाँ पुगेर अभ्यास गरिसकेका छिन्। दुबै जनाले शनिवार प्रतिस्पर्धा गर्दैछन्।
ओलम्पिकमा नेपाली टोलीबाट सेभ दी मिसन रमेशकुमार सिलवाल छन् भने झण्डा गौरिका सिंह र अलेक्सजेन्डर शाहले बोक्नेछन्।
तस्बीरहरु: एनएसजेएफ र एनओसी