PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

भरतपुर महानगरपालिकालाई १९ लाख बराबरको अग्नि नियन्त्रक सामग्री हस्तान्तरण



पहिलोपोस्ट

भरतपुर महानगरपालिकालाई १९ लाख बराबरको अग्नि नियन्त्रक सामग्री हस्तान्तरण

काठमाडौं : आगलागी सम्बन्धी प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाको बारुण यन्त्र इकाईलाई विभिन्न अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीको शहरी विपद् पूर्वतयारी परियोजना मार्फत सो सामग्री प्रदान गरिएको हो।

युएनडीपीले अग्नि नियन्त्रणका लागि फायर पीपीई सेट, अक्सिजन सिलिण्डर, होज पाइप, फायर एसकेप मास्क, फायर गगल, बोल्ट कटर, फायर  एक्स र उद्धारका लागि फायर रेस्क्यु रोप, एसेन्डर, डीसेन्डर, सेफ्टी टर्च लगायत १९ लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो। कार्यक्रममा युएनडीपीको शहरी विपद् पूर्वतयारी परियोजनाका संयोजक सुशान्त शर्माले उक्त सामग्री भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरे।

भरतपुर महानगर बारुण यन्त्र इकाईका प्रमुख देवेन्द्रराज रेग्मीले महानगर र आसपासका क्षेत्रमा आगलागीका घटना प्रत्येक वर्ष बढ्दै गएकाले र नियन्त्रण गर्ने सामाग्री प्रशस्त नभएका कारण हस्तान्तरण गरिएको सामाग्री यस समयमा महत्वपूर्ण भएको बताए।

यस परियोजना अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडीपीले शहरका लक्षित समूहहरुको पहिचान गर्न, विपद प्रतिकार्यका लागि स्वयंमसेवकहरुको गठन गर्न, प्राथमिक उपचार खोज तथा उद्धार गर्न र आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना लगायतका कार्यमा नगरपालिकालाई सहयोग गर्दै आएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell