PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

एउटा नेताका कारण व्यवस्था झन्डै गुमेको : एमाले उपाध्यक्ष शाक्य



पहिलोपोस्ट

एउटा नेताका कारण व्यवस्था झन्डै गुमेको : एमाले उपाध्यक्ष शाक्य

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहंकारले कम्युनिस्ट आन्दोलन कमजोर भएको बताएकी छिन्। पार्टीका अध्यक्ष केपी ओ‌लीका गतिविधिप्रति कठोर अभिव्यक्ति दिँदै आएकी माधवकुमार नेपाल समूहकी नेता शाक्यले भनिन्, 'एउटा नेताका कारण व्यवस्था झन्डै गुमेको।'

तुलशीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको कडा आलोचना गरिन्।

'बादरको मुकुटो लगाएर किन सडकमा पठाइयो?,' उनले ओली पक्षीय युवा संघ नेपालले आयोजना गरेको सडक प्रदर्शनमाथि प्रश्न उठाइन्, 'युवा अध्यनशील थिए तर सडकमा बादर बनाएर किन पठाइयो?'

उनले यस्ता गतिविधिको पार्टीले समीक्षा गर्नुपर्ने धारणा राखिन्।

उनले भ्रष्टाचार निर्मुल गर्छौ कि गर्दैनौं त्यसलाई विषय बनाउने कि नबनाउने भन्दै प्रश्न गरिन्। शुसानका बारेमा छलफल चलोस् भन्ने उनको धारणा थियो। 

'खोपको लाइनमा बसेर फेन्ट भएको देख्दा मलाई दु:ख लाग्यो। यसलाई सरकारले हेर्नु पर्छ कि पर्दैन?,' उनको प्रश्न थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell