PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वाग्मती प्रदेशमा अब सवारी कर अनलाइनबाटै  



पहिलोपोस्ट

वाग्मती प्रदेशमा अब सवारी कर अनलाइनबाटै  

हेटौंडा : वाग्मती प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्टेसन म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (टीएमआइएस) शुक्रवारदेखि कार्यान्वयनमा ल्याएको छ। यस प्रणाली कार्यान्वयनमा ल्याउने वाग्मती पहिलो प्रदेश  हो। 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले  भौतिक योजना मन्त्तालयले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्‍घाटन गरे। उद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयाँलको मोटरसाइकलको राजश्व उक्त प्रणालीमार्फत् तिरेका थिए। 

'दुई वर्ष अघि घोषणा गरिएको प्रतिवद्धता पूरा भएको छ,' मुख्यमन्त्री पौडेलले भने। प्रदेश सरकारले दुई वर्ष अघि डिजिटल प्रदेश बनाउने घोषणा गरेअनुसार यसले गति लिन थालेको उनले बताए। पौडेलले यस अभियान सफल  भएपछि राजस्वमा वृद्धि हुनुका साथै सेवाग्रहीहरुको समय बचत एवं पारदर्शी पनि हुने दावी गरे। 

'वैज्ञानिक प्रविधिमा सबैलाई सहयोग गर्नु सबैको दायित्व रहन्छ,' उनले भने, 'हामीले गफमा सीमित नभई बोलेको प्रतिवद्धता पूरा गरेका छौं।' 
यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउन सम्पूर्ण सवारी सधानहरुको विवरण डिजिटाइजेसन गर्ने तथा अनलाइन सेवा प्रदान गरी सेवा प्रवाहलाई सेवाग्रही मैत्री बनाउने सरकारको नीति अनुरुप स्थापना गरिएको मुख्यमन्त्री पौडेलले बताए। 

यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचान लगायतका कार्य सहज बनाइ कर प्रणालीमा सहजता आउने जनाइएको छ। 

वाग्मती प्रदेशमा ४७ प्रतिशत सवारी साधनहरु दर्ता 
वाग्मती प्रदेशमा करिब ४७ प्रतिशत साधनहरु दर्ता भएका छन्। प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा १४ लाख २९ हजार १ सय ६९ सवारी दर्ता भएका छन्। २०७६/०७७ मा ९३ हजार ५ सय ७७ दर्ता भएका छन् भने २०७७/०७८ मा १ लाख २४ हजार ३ सय ५ सवारी साधनहरु दर्ता भएको यातायात कार्यालयले जनाएको छ। 

आर्थिक वर्ष २०७७/०७८ को असार १५ सम्म सवारी साधनबाट वाग्मती प्रदेशमा ८ अर्ब ९३ करोड ९८ लाख ५० हजार ३ सय ९८ राजश्व संकलन भएको छ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेका यातायात व्यवस्थापन तथा सेवा कार्यालय गरी ६ वटा कार्यालयबाट यस प्रणाली मार्फत् सेवा लिन सकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell