PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सदनमा केपी ओली खोज्दै प्रधानमन्त्री देउवा, सुवास नेम्वाङ प्रति कटाक्ष- जवाफ नसुनी जानुभयो, ७६ (५) किन लेख्नुभयो सोध्ने थिएँ



पहिलोपोस्ट

सदनमा केपी ओली खोज्दै प्रधानमन्त्री देउवा, सुवास नेम्वाङ प्रति कटाक्ष- जवाफ नसुनी जानुभयो, ७६ (५) किन लेख्नुभयो सोध्ने थिएँ
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरवहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिती खोजेका छन्।

‘यहाँ विपक्षी दलका नेता हुनुहुन्न,’ सम्बोधनको सुरुमै देउवाले एमाले अध्यक्ष ओलीको उपस्थिति खोज्दै भने।

त्यसपछि प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका तर्फबाट बोलेका एमालेका उपनेता सुवास नेम्वाङको उपस्थिति खोजे देउवाले। प्रधानमन्त्री देउवाले बोल्ने बेला नेम्वाङ बैठकबाट बाहिरिइसकेका थिए।

‘उपनेता पूर्व सभामुख पनि आफूले बोलेका कुराको जवाफ नसुनि हिँडिदिनुभयो। यो संविधानमा धारा ७६ (५) किन लेखिदिनु भयो भनेर सोध्नेवाला थिए। उहाँ सभामुख हुनुहुन्थ्यो। उहाँले भन्नु भएको थियो अब बिचमा यो संविधान भत्किने छैन। पार्लियामेन्ट भंग हुँदैन भनेर उहाँले भन्नु भएको थियो,‘ उनले भने।

नेम्वाङले बैठकमा बोल्दै सर्वोच्च अदालतको फैसलाले राज्यका अंगहरुबिचको सन्तुलनलाई खल्बलाइदिएको बताएका थिए। 

प्रतिनिधिसभा बैठकमा देउवाले आफूले विश्वासको मत हाल्न पार्टीभित्र ह्वीप जारी नगरेको स्पष्ट पारे।

‘हामीले ह्वीप जारी गरेका छैनौँ। र अनिवार्य उपस्थित हुन निर्देशन समेत दिएका छैनौँ,’ देउवाले अगाडि भने, ‘ह्वीप होइन भोट हालिदिनुस् भनेर अनुरोध गरेका हौँ। हाम्रो पार्टीका लागि मात्र होइन एमालेकै सांसदलाई पनि अनुरोध गरेका हौँ।‘

प्रधानमन्त्री देउवाले कोभिड-१९ विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता रहेको दोहोर्‍याए।

‘खोप हाम्रो प्राथमिकता हो। ऋण खोजेर सापट लिएर भए पनि जति महंगो भए पनि जहाँबाट भए पनि खोजेर ल्याउँछौँ,‘ उनले भने, ‘छोटो कार्यकालमा हामीले भिजिवल काम गरेर जानेछौँ। हाम्रो गठबन्धन सरकार हो। हामीसँग अनुभवी नेताहरु हुनुहुन्छ। पूर्वप्रधानमन्त्रीहरु हुनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell